सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई आज सार्वजनिक हुने

काठमाडौं । आज विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक हुने भएको छ ।

भूमि व्यवस्था मन्त्रालयका अनुसार नेपाल ताथ चीन दुवै देशले सयुक्त रुपमा सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्ने भएका हुन् । नेपालले चीनसंग सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न प्रस्ताव गरेपछि चीनले उक्त प्रस्तावलाई स्वीकार गरेको थियो ।

सोही अनुसार आज विश्व कै सर्वोच्च शिखरका रुपमा चिनिएको सगरमाथाको नयाँ उचाई सार्वजनिक हुने छ ।

२०७२ वैशाख १२ गते गएको विनाशकार्री भुकम्पले सगरमाथाको उचाईमा परिर्वतन भएको आशंकाका बीच नेपालले पहिलो पटक आफ्नै स्रोत तथा साधनको प्रयोग गरेर उचाई मापन गरेको हो ।

भुकम्प गएपछि सर्वोच्च शिखरको उचाईमा केही असर परेको नापी विभागको अध्ययनले देखाएको थियो ।

मन्त्रिपरिषदको मंसिर १० गते बसेको बैठकले सर्वोच्च शिखर सगरमाथाको उचाई सार्वजनिक गर्न स्वीकृति दिएपछि आज नयाँ उचाई सार्वजनिक हुँदै छ ।

स्रोतका अनुसार नेपाल तथा चीनका परराष्ट्रमन्त्रीको संयुक्त रुपमा आयोजना हुने भर्चुअल बैठकबाट नयाँ उचाई सार्वजनिक गरिने छ ।

कमेन्टहरु
Loading...