प्रधानमन्त्री केपी शर्मा ओली बोलाएको सर्वदलीय बैठक आज बस्दैछ ।
सत्तारुढ दल नेकपा भित्रको आन्तिरक किचलो र राजवादीहरुको प्रर्दशन बढिरहेको अवस्थामा प्रधानमन्त्री ओलीले विहान ११ बजे सर्वदलिय बैठक बोलाएका छन् ।
उनका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग वालुवाटारमा छलफल गर्नेछन्
नेकपा भित्रक आन्तरिक द्धन्द चर्किरहेको अवस्थामा पार्टीको स्थायी समिति बैठकमा समेत सहभागी नभएका प्रधानमन्त्रीले बोलाएको सर्बदलीय बैठकले धेरैको ध्यानाकर्षण गराएको छ ।