लेखनाथ÷मंसिर २८/दशौं लेखनाथ महोत्सवको दोश्रो दिन शुक्रबारसम्म करिव ५० लाख रुपैयाको कारोबार र ३० हजार दर्शकले अवलोकन गरेका छन् । लेखनाथको प्रस्तावित रंगशाला भण्डारढिकमा जारी महोत्सवमा शुक्रबार प्रतिकुल मौसमका बावजुद पनि दर्शकहरु अवलोकनका लागि पुगेका थिए । राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहेको महोत्सवमा दर्शकले मनोरञ्जन लिएका थिए ।
चिसो मौसमलाई लोक गायक मिलन लामाले माझी दाई पोखरा फेवा तालको गित गाउँदै तताएका थिए । लामाले आफ्ना आधा दर्जन लोकप्रिय गायन प्रस्तुत गरेका थिए । यस्तै लोक दोहोरी तर्फ कृष्ण देवकोटा, जीवन दाहाल, शिवहरी ढुंगाना, अमर धिताल, कृष्ण गुरुङ्ग, ज्योति लोहनी र सरस्वती लामिछानेले दर्शकहरुलाई छमछमती नचाएका थिए । पप कन्सर्टमा राजेश पायल राईले आफ्ना लोकप्रिय गीत संगित प्रस्तुत गरेका थिए । यस्तै नरजंग गुरुङ्ग, उज्वल भण्डारी, शान्ति गुरुङ्ग लगायतले दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।
शनिवार विदाको दिन पारेर आयोजकले दर्शकलाई थप मनोरञ्जन दिनका लागि नेपाल टेलिभिजनबाट प्रसारण हुने हाँस्य टेलिश्रृखला मेरी बास्सैका कलाकार राज न्यौपाने मुलाको साग र जोगेन्द्रलाई उतार्ने भएका छन् । यस्तै लोकदोहोरी तर्फ पुरुषोत्तम न्यौपाने, मिलन लामा, जीवन दाहाल, शंकर विरही, माया गुरुङ्ग, निषा पोखरेल र सरिता गुरुङ्ग स्टेजमा उर्तिने भएका छन् । युवा पुस्तालाई आकर्षण गर्न पप कन्र्सट तर्फ राजेश पायल राई, हेमन्त शर्मा र निमा रुम्वा स्टेजमा जम्ने प्रचार प्रसार उपसमितिका संयोजक भरतकुमार अधिकारीले जानकारी दिएका छन् ।
विहिबार देखी शुरु भएको महोत्सव पौष ८ गतेसम्म संचालन हुनेछ । महोत्सवमा कृषि, अटोमोवाइल, फेन्सी, वित्तिय संस्था, फुड, विभिन्न शैक्षिक संस्था, जैविक विविधता, खाद्यान्न, लगायतका तीन सय भन्दा वढी स्टलहरु रहेका छन् । महोत्सवमा गायन विधाको गण्डकी तारा, लोक तथा दोहोरी, कविता प्रतियोगिता, पप कन्र्सट लगायतका कार्यक्रम समेत समावेश गरिएको छ ।
२०८१ पुष ८ गते सोमबार
दशौं लेखनाथ महोत्सवको दोश्रो दिनसम्म ५० लाखको कारोबार, ३० दर्शकले अवलोकन गरे
कमेन्टहरु