पोखरा । नेपालमा थप १ हजार १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा थप १ हजार १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणका क्रममा पोजेटिभ रिर्पोट आएकामध्ये ३ सय ७० जना महिला तथा ६ सय ४४ जना पुरुष रहेका छन् । मन्त्रालयका अनुसार हाल नेपालमा १२ हजार ९ सय ४८ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार २ सय २० जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यस्तै थप १ हजार ६ सय २८ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख २७ हजार ४ सय ३३ जना पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा थप २० जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ६ सय १४ पुगेको छ ।
हाल नेपालमा ८ हजार ६० जना संक्रमितहरु होम हाइसोलेसनमा रहेका छन् । त्यस्तै ३ सय ३२ जना संक्रमितको आइसियु तथा ५३ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा कास्की सहित काठमाडौं तथा ललितपुरमा ५ सयभन्दा माथि उपचारार्थ संक्रमित रहेका छन् ।
त्यस्तै मनाङ तथा डोल्पा जिल्लामा सक्रिय संक्रमितको संस्या सुन्य रहेको छ ।