नेपालमा पिसिआर परीक्षणको दर ६ हजारमा झ¥यो

पोखरा । नेपालमा थप १ हजार ९६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा थप १ हजार ९६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ४० हजार ९ सय ८१ पुगेको छ ।

हाल नेपालमा १३ हजार ५ सय ८२ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा ६ हजार ४ सय ९५ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा थप १ हजार ७ सय ५२ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ५४ हजार ८ सय ५ पुगेको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १७ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ५ सय ९४ पुगेको छ ।

कमेन्टहरु
Loading...