सुध्रिएपछि ‘सुधार्ने’ कर्ममा तीन युवा

 

रिना थापा

एक समय कुलतमा फँसेका स्थानीय तीन युवा प्रदिप बस्नेत, विकास बरुवाल र मनोज गुरुङ कफी गफमा बिहानी काट्दै गर्दा उनीहरुको दिमागले एउटा खाका को¥यो । त्यो खाका थियो आफुजस्तै कुलतमा फँसेकाहरुलाई त्यहाँबाट बाहिर निकाल्ने ।

सोही खाकाले अहिले मूर्तरुप पाएको छ । उनीहरुले हालै पोखराको काहुँमा सुधार केन्द्र स्थापना गरेका छन् । रिचमण्ड फेलोशीप पोखरा नाम दिएको केन्द्रले लागुऔषध र मदिराजन्य कुलतमा फँसेकालाई नयाँ जीवन दिने काम सुरु गरेको छ । ‘कुलतले स्वयं र उसको परिवारलाई कति तनाव दिएको हुन्छ केवाल भोग्नेलाई थाहा हुन्छ’ प्रदिप भन्छन् ‘त्यसमाथि समाजमा पुरै परिवार बदनाम हुन्छ ।’ यही बदनामबाट बच्न र परिवारलाई बचाउँन फेलोशीप लागिपर्ने उनले बताए ।

प्रायः टिनएज कुलतको चपेटामा पर्ने सम्भावना बढी भएको र उनीहरु युवावस्थामा आइपुग्दा सबथोक डाँवाडोल भइसक्छ । त्यसपछि उनीहरुमा गुमेको आत्मबल फर्काउन र समाजमा पुनःस्थापना गराउन फेलोशीपले हरसम्भव पहल गर्ने अर्का सञ्चालक बरुवाल बताउँछन् । ‘दुव्र्यसनीलाई बुझ्न हामी सक्छौं, त्यही अवस्था पार गरेर समाजको तिरष्कार भोगेर हामी यहाँ आइपुगेका छौं’ बरुवालले भने ‘अब हाम्रो दायित्व उनीहरुलाई सुधार्नु हो ।’

बरुवाल भन्छन्, ‘लागुऔषधमा फसेपछि सबै सकियो भन्ने धारण राख्नुभन्दा पारिवारिक वातारण दिएर, माया र सहारा प्रदान गर्न सके उनीहरु सामान्य जीवनमा फर्किन सक्छन् । काम गर्न सक्छन्, जिन्दगी चलाउन सक्छन् ।’ सरोकारवाला निकाय निष्क्रिय भएपछि आफै कस्सिएको उनले जनाए ।

लागुऔषधलाई ४ वर्ष अघि ‘गुडबाई’ गरेका टिमका अर्का सदस्य गुरुङ चाहन्छन् समाजमा कोही पनि दुव्र्यसनमा नफसुन् । तर त्यो सम्भव छैन । आर्थिक, मानसिक र सामाजिककारणले किशोर र युवाहरु नचाहेरै पनि दुव्र्यसनी भइरहेका छन् । ‘हामी त सुध्रियौं तर यही नै सबथोक हैन, हामी अरुलाई पनि सुधारेर सामाजिक जीवनको गतिमा हिँडाउन चाहन्छौं’ गुरुङले भने ।

‘मलाई पनि संस्थाले उपचार गरेर सुधारेको थियो र मलाई लाग्छ म जस्तै अरुको लागि कुलत बाट छुटाउन संस्थाको जरुरत छ’ गुरुङ भन्छन् ‘कोही एकलाई मात्रै भएपनि सामान्य जीवनमा फर्काउन सके असिमित खुशी मिल्नेछ ।’

संस्थाले रक्सी तथा लागुऔषधमा फसेका व्यक्तिको उपचार सुरु गरेको छ । आफुले देखेको र भोगेको समस्या अरुले नभोगुन् भन्ने आशयले उक्त संस्था संचालनमा ल्याएको उनीहरुको भनाई छ ।

अहिले संस्थामा १२ जना प्रयोगकर्ता रहेका छन् । उनीहरु मध्ये ८० प्रतिशत रक्सी र २० प्रतिशत लागुपदार्थ सेवनका कारण संस्थामा छन् । २० प्रतिशत लागुपदार्थ प्रयोगकर्ता १८ देखि २४ वर्ष उमेर समूहका छन् । संस्थासँग ४० जनाको क्षमता छ ।

उनीहरुलाई नियमितरुपमा उचित मेडिकल चेकजाँच र काउन्सिलिङ गरिन्छ । संस्थाले उपचार प्याकेजमा मासिक १५ हजार रुपैयाँ शूल्क तोकेको छ । जसमा खान, बस्न, मेडिकल सामग्री मेडिटेसन, योगा, नियमित स्वास्थ्य परीक्षणलगायत समेटिएको छ । संस्थामा १ जना मानसिक बिरामीसमेत रहेका छन् ।

०५५ सालमा स्थापना भएको संस्था हाल तीनजनाको स्वामित्वमा छ ।

 

कमेन्टहरु
Loading...