नेपालमा ३ सय १२ को आइसियु तथा ४५ संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै

पोखरा । नेपालमा थप १ हजार २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा थप १ हजार २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टाको अवधिमा कोरोना पोजेटिभ रिर्पोट देखिएकामध्ये ४ सय २ जना महिला तथा ६ सय २२ जना पुरुष रहेका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको छ ।

हाल नेपालमा १४ हजार २ सय ५५ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा थप ६ हजार ७४ जनाको पिसिआर परीक्षण गरिएको थियो । यस्तै नेपालमा थप २ हजार २ सय ६ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख २४ हजार ५३ पुगेको छ ।

यस्तै नेपालमा थप १० जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ५ सय ७७ पुगेको छ ।

हाल लेपालमा ९ हजार २ सय ६३ जना संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ३ सय १२ जना संक्रमितको आइसियु तथा ४५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै कास्की सहित झापा, मोरङ, काठमाडौं, भक्तपुर तथा ललितपुर जिल्लामा ५ सयभन्दा बढी उपचारार्थ कोरोना भाइरस संक्रमित रहेका छन् । नेपालमा मात्र २ वटा मनाङ तथा डोल्पा कोरोना भाइरस संक्रमितको संख्या सुन्य भएका जिल्ला हुन् ।

कमेन्टहरु
Loading...