नेकपाको सचिवालय बैठक आज पनि बस्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज दिउँसो १ बजे बस्दै छ ।

उक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ । गत मंगलबार बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नभएपछि आजका लागि सारिएको थियो । पार्टीको सचिवालय बैठक अगाडि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा पार्टी नेता माधवकुमार नेपाल पक्ष आन्तरिक छलफलका लागि जुटेका छन् । स्रोतका अनुसार आज बस्ने सचिवालय बैठकमा पार्टी अध्यक्षद्वय ओली तथा प्रचण्डले पेश गरेको छुट्टाछुट्टै प्रस्तावका विषयमा छलफल हुने छ ।

कमेन्टहरु
Loading...