काठमाडौंमा आज प्रचण्ड समूहले युवा तथा विद्यार्थी भेलाको आयोजना गर्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद बढ्दै जाँदा थप समस्या उत्पन्न हुने सम्भावना बढ्दै गएको छ । पार्टीको आन्तरिक विवादले अध्यक्षद्वय ओली तथा प्रचण्डको छुट्टाछुट्टै समूहले भेला तथा कार्यक्रमहरुको आयोजना गर्न थालेका छन् ।

सोही क्रममा आज पार्टीको युवा–विद्यार्थी भेला आयोजना हुँदै छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको थापाथली क्याम्पसमा युवा–विद्यार्थी भेलाको आयोजना गर्ने भएका हुन् । भेलामा युवा संघका वर्तमान तथा निर्वतमान नेताहरुले सहभागिता जनाउने भएका छन् । साथै पार्टीका विभिन्न नेताहरुले उक्त भेलालाई सम्बोधन गर्ने बताइएको छ ।

कमेन्टहरु
Loading...