तनहुँ घटनाका बारेमा रणनीति बनाउन कांग्रेस सभापति देउवाद्वारा पदाधिकारी बैठक आह्वान

काडमाडौं । पुल उद्घाटनका विषयमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले धरपकड गरेको विषयमा छलफल गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक आह्वान गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा बस्ने गरेर सो विषयमा छलफलका लागि बैठकको आह्वान गरेका हुन् । आज दिउँसो २ बजे बस्ने उक्त बैठकमा सभापति देउवाले वर्तमान तथा पूर्व पदाधिकारीलाई सहभागी हुन आग्रह गरेका छन् ।

वरिष्ठ नेता पौडेललाई तनहुँमा प्रहरीले गरेको धरपकडका विषयमा गम्भीर छलफल हुने र उक्त व्यवहारका बारेमा नयाँ रणनीति बनाइने बताइएको छ । बैठकमा सहभागी हुनका लागि पौडेल आजै तनहुँबाट काठमाडौं जाँदै छन् ।

कमेन्टहरु
Loading...