रिहा भएपछि कांग्रेस वरिष्ठ नेता पौडेलले भने, ‘प्रहरी शक्तिको दुरुपयोग गरी निषेध गर्न खोजियो’

पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रहरी शक्तिको दुरुपयोग गरी काङ्ग्रेसलाई निषेध गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

“तनहुँमा भएको घटनाप्रति देशभर निन्दा भइरहेको छ”, उनले भने , “उक्त घटनाको जति विरोध गरे पनि कम हुन्छ ।”

तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामा निर्माण भएको पुल उद्घाटन कार्यक्रममा सहभागी हुन जाने क्रममा  निषेधाज्ञा तोडेपछि नियन्त्रणमा लिइएका पौडेल साढे तीन घण्टापछि हिरासत मुक्त मुक्त भएका थिए ।

प्रहरीले वरिष्ठ नेता पौडेल, काङ्ग्रेस जिल्ला कार्यवाहक सभापति जीतप्रकाश आलेसहित १२ जनालाई नियन्त्रणमा लिएको थियो ।

कमेन्टहरु
Loading...