नेकपाको सचिवालय बैठक १ घण्टाका लागि स¥यो, बैठकमा प्रधानमन्त्री समेत रहेका ओली पनि सहभागी हुने

काठमाडौं । आज दिउँसो १ बजेका लागि तय भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक १ घण्टाका लागि सरेको छ । अब पार्टीको सचिवालय बैठक आजै दिउँसो २ बजे बस्ने छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सचिवालय बैठक पार्टीका नेताहरुको कार्यव्यस्तताका कारण सरेको हो । बैठक स्थगित भएको या सारेको भन्ने नभएको प्रवक्ता श्रेष्ठको भनाई छ ।

यता सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली समेत सहभागी हुने बताइएको छ । हिजोको सचिवालय बैठकमा अर्का अध्यक्ष प्रचण्डले बुधबार पनि बैठक बस्ने जानकारी दिँदा ओलीले यस्तो बैठकको काम छैन भन्दै उठेका थिए ।

ओलीले आफू निकटका केनी नेताहरुसंग छलफल गरेपछि सचिवालय बैठकमा सहभागी हुने बताएका हुन् ।

कमेन्टहरु
Loading...