गन्थन डेस्क । हुन तत्कालिन एमाले र माओवादी मिलेको वर्ष बितिसक्यो । तर अहिले देखिएको बेमेलले दुई पार्टी मिलेकै हुन् र भन्ने सबैलाई भएको छ । यसै बिचमा तत्कालिन नेकपा एमालेका नेता माधव कुमार नेपालले पार्टी मिलिसकेको अवस्थामा फेरी पनि दुई पार्टी र त्यहि गुट नरहेको बताएका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच लिखितरमौखिक जुहारी चलिरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल लगभग मौन रहँदै आएका थिए । तर, मंगलबार बालुवाटारमा बसेको सचिवालय बैठकबाट नेता नेपालले औपचारिकरुपमै मौनता तोडेका हुन् ।
मंगलबारको सचिवालय बैठकमा वरिष्ठ नेता नेपाल केपी ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भए । उनले भने ओलीकै कारण पार्टी ध्वस्त हुन लागेको प्रतिक्रिया दिएका छन् । उनि यो पनि भन्छन् कि ‘अब नेकपाको भईसकेको एकता कसैले तोड्न सक्दैनन् र तोड्न पनि दिईन्न ।’
पछिल्लो समय प्रचण्डसँगको जुहारीका क्रममा प्रधानमन्त्री ओलीले पूर्वएमाले खेमाका नेताहरुलाई खासै गाली नगर्र्नेे र आफूतिर नजिक ल्याउने रणनीति अपनाउँदैछन् । सोही अनुरुप प्रधानमन्त्री ओली अरु छाडेर अर्का अध्यक्ष प्रचण्डलाई मात्रै आक्रोश देखाउँछन् । अन्य समयमा भने नेताहरु नेपाल, झलनाथ खनालहरुलाई फकाउने प्रयास गर्न छाडेका छैनन् ।
आफ्नाे ३८ पन्ने जवाफ प्रतिवेदनमा ओलीले प्रचण्डलाई स्पष्टरुपमा भनेका छन् ‘सम्झिनुहोस् त, केन्द्रीय सचिवालयदेखि स्थानीय कमिटीसम्म अधिकांश ठाउँमा साबिक एमालेको एकजना भए पनि बढी सङ्ख्या छ । बहुमतको त्यो अङ्कगणित तपाईंका विरुद्ध प्रयोग गरिएको भए के हुन्थ्यो ?’
यसरी ओली पक्षले सचिवालयदेखि स्थानीय कमिटीसम्म पूर्वएमालेको बहुमत रहेको बताइरहेकै बेला मंगलबारको बैठकमा वरिष्ठ नेता नेपालले अब पूर्वएमालेहरु एकातिर हुन्छन् भनेर नसोच्न ओलीलाई चेतावनी दिएका हुन् ।
तर नेता नेपालले पूर्व एमाले र माओवादी भन्ने नै नभएको जस्तो अभिव्यक्ति दिएसँगै नेता नेपाल र नेता खनाल अनि बामदेवले प्रचण्ड बोक्न खोजेका हुन् की सत्यतामा अडिग हुन् भन्ने सबैलाई लागेको छ ।