नेपालमा कोरोना परीक्षणको दर घट्यो, ८ हजार ५८३ को परीक्षण गर्दा १३ सय ४ जना संक्रमित थपिए

पोखरा । नेपालमा थप १ हजार ३ सय ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा थप १ हजार ३ सय ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा फोजेटिभ रिर्पोट आएकामध्ये ५ सय १ जना महिला तथा ८ सय ३ जना पुरुष रहेका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा नेपालमा हाल १५ हजार ३ सय २९ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ८ हजार ५ सय ८३ जनाको पिसिआर परीक्षण गरिएको थियो । यस्तै यो अवधिमा नेपालमा थप २ हजार ७३ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ ।

यस्तै थप २१ जनाको नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । यससंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ५ सय २९ पुगेको छ ।

हाल नेपालमा १० हजार ९ सय ९८ जना होम आइसोलेसमा रहेका छन् । त्यस्तै ३ सय ७० जना संक्रमितको आइसियु तथा ६३ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालको कास्की सहित झापा, मोरङ, काठमाडौं, भक्तपुर तथा ललितपुर जिल्लामा ५ सयभन्दा बढी सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । त्यस्तै अहिलेसम्मको तथ्यांक अनुसार मनाङ तथा डोल्पामा कोरोना भाइरस संक्रमितको संख्या सुन्य रहेको छ ।

कमेन्टहरु
Loading...