राममन्दीरमा आयोजीत ज्ञानमहायज्ञको तयारी पुरा

पोखरा, ३० मंसिर/ पोखरा १८ राममन्दीरमा आयोजना गरिएको श्रीमद्भागवते सप्ताह तथा धन धान्याचल विशिष्ट ज्ञानमहायज्ञ २०६९ को तैयारी पुरा भएको छ । पुस २ गतेदेखि ९ गते सम्म राष्ट्र कल्याण र विश्व शान्तिको कामना सहित आयोजना गरिएको महायज्ञको तैयारी पुरा भएको मुल आयोजक समितिका अध्यक्ष समाजसेवि लिलाभक्त आचार्यले जानकारी दिए ।आचार्यका अनुसार विशष्टि ज्ञानमहायज्ञवाट संकलित रकमले राममन्दिरको पुन निर्माणकार्य सम्पन्न गर्ने , मन्दिरमा तामाको छानो राख्ने, हवनकुण्ड , प्रवेशद्धार निर्माण गर्ने , पर्खालमा जाली राख्ने, प्रवचन हलको निर्मँण गर्ने , उद्यान निर्माण तथा विभिन्न गुरुयोजना अनुरुपका कार्यहरु गरिने छन् ।

मुल समितिका महासचिव रुद्रनाथ वरालले उक्त मायज्ञमा उपस्थीत भई सहयोग गर्न सम्पुर्ण धर्मप्रेमी , शान्तिप्रेमी , पत्रकार ,समाजसेवि लगायत सम्पुर्ण कस्केली समुदायलाई अनुरोध गरेका छन् ।

कमेन्टहरु
Loading...