पछिल्लोपटक नेपालमा थप २९ जनाले कोरोनाबाट ज्यान गुमाए, १४ सय ७४ लाई संक्रमण पुष्टि

पोखरा । नेपालमा थप १ हजार ४ सय ७४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा थप १ हजार ४ सय ७४ लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लोपटक कोरोना पोजेटिभ देखिएका संक्रमितमध्ये ६ सय २ जना महिला तथा ८ सय ७२ जना पुरुष रहेका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।

हाल नेपालमा १७ हजार ४ सय २३ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ९ हजार ९ सय ११ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यस्तै यो अवधिमा नेपालमा थप १ हजार ९ सय ३१ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख १४ हजार ५ सय २१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २९ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ५ सय ८ पुगेको छ ।

नेपालमा हाल ११ हजार ८ सय १४ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ३ सय ७५ जनाको आइसियु तथा ५८ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

हाल नेपालमा कास्की सहित झापा, काठमाडौं, भक्तपुर, ललितपुर तथा रुपन्देही जिल्ला ५ सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्ला हुन् ।

त्यस्तै मनाङ तथा डोल्पा सक्रिय संक्रमित सुन्य भएका जिल्ला हुन् ।

कमेन्टहरु
Loading...