प्रधानमन्त्री ओलीले खोले टिकटकमा एकाउन्ट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटकमा उपस्थिति जनाएका छन् ।

प्रधानमन्त्री ओलीले भिडियो सेयरिङ एप टिकटकमा आइतबारबाट उपस्थिति जनाएका हुन् । ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको टिकटकको एकाउन्ट भेरिफाइड भइसकेको जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले आइटी विज्ञसंगको सल्लाहका आधारमा नै टिकटक एकाउन्टमा उपस्थिति जनाएको प्रेस सल्लाहकार थापाको भनाई छ ।

ओलीले आफ्नो टिकटक एकाउन्टबाट १ वटा भिडियो अपलोड गरेका छन् । उक्त भिडियो हालसम्म ८० हजार जनाभन्दा बढीले हेरिसकेका छन् । त्यस्तै ८८ जनाले सेयर, १ सय ४४ जनाले कमेन्ट तथा ५ हजारभन्दा बढीले लाइक समेत गरेका छन् ।

 

 

@kpsharmaoli_official

We are working on service integration digitalnepal

♬ original sound – We support Nepal – KP Sharma Oli

 

कमेन्टहरु
Loading...