मानवअधिकार संरक्षण र सम्बद्र्धनको लागि सरोकारवाला निकायवीच हातेमालो हुनु पर्ने

पोखरा, २५ मंसिर/मानवअधिकार संरक्षण र सम्बद्र्धनको लागि सरोकारवाला निकायवीच हातेमालो हुनु पर्ने पोखरामा े आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा शान्तिका लागि नागरिक समाजको सञ्जाल, महिला मानवअधिकार रक्षक सञ्जाल, गैसस महासंघ, अपाङ्ग महासंघ, नेपाल पत्रकार महासंघद्वारा आयोजित प्रभातफेरी कार्यक्रममा बोल्दै सहभागीहरुले उक्त कुरामा जोड दिएका हुन् ।
gyapanpatra bujhayeko photo kaskiमानवअधिकारका लागि सहकार्य भन्ने मुल नाराका साथ विभिन्न प्लेकार्ड सहित विहान ८ बजे मानवअधिकारचोकबाट शुरु भएको प्रभातफेरी चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुँदै सभागृहको प्राङ्गणमा पुगी समापन भएको थियो ।कार्यक्रममा बोल्दै वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बरालले हरेक आन्दोलनमा आगरिक समाज र सरोकारवाला निकायवीच सहकार्य हुदै आएको उल्लेख गर्दै मानवअधिकारको पूर्ण प्रत्याभूति, दण्डहीनताको अन्त्यको लागि हातेमालो गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए । राष्ट्रिय मानवअधिकार आयोग पोखराका निर्देशक यज्ञप्रसाद अधिकारीले संक्रमणकालीन अवस्थाले गर्दा देशको मानवअधिकारको अवस्था सन्तोषजनक नरहेको भन्दै विधिको शासन, दण्डहीनताको अन्त्य र द्वन्द्वपीडितको समस्या समाधान गर्न सरोकारवाला निकायवीच सहकार्य हुनु पर्ने बताए ।
शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका संयोजक तिलक आचायले सबैलाई मिलाएर संविधान निर्माण गरी मानवअधिकारको संरक्षण गर्नु पर्ने बताए । महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष सरलाकुमारी पाण्डेले नयाँ बन्ने संविधानले सबै वर्गको हक, हितको अधिकार सुनिश्चित गर्नु पर्ने बताईन् । गैसस महासंघका अध्यक्ष कृष्णप्रसाद बराल, अपाङ्ग महासंघका केन्द्रीय सदस्य शिशिर खनाल, नेपाल पत्रकार महासंघका अध्यक्ष बद्रीविनोद प्रतीक, इन्सेक पोखराका संयोजक शिव खकुरेल लगायतले बोलेका थिए । कार्यक्रममा मानवअधिककारवादी विभिन्न संघसंस्था, नागरिक समाज, सञ्चारकर्मी, पेशाकर्मी लगायतको सहभागीता रहेको थियो । तस्वीर ः सनबहादुर थापा

कमेन्टहरु
Loading...