काठमाडौं । कैलाश एयरको हेलिकप्टर ठूलो दुर्घटना हुनबाट बचेको छ ।
बाग्लुङबाट काडमाडौं जाँदै गरेको उक्त हेलिकप्टर नुवाकोटमा चरासंग ठोक्किपछि चालकले नुवाकोटमा आकस्मिक अवतरण गरेका छन् । हेलिकप्टरमा रहेका १ जना यात्रु घाइते भएका छन् भने ६ जना सकुशल रहेका छन् ।
घाइते यात्रुको घुँडामा सामान्य चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
उक्त हेलिकप्टरमा रहेका यात्रुहरुलाई लिन अर्को हेलिकप्टर गएको बताइएको छ ।