अन्र्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा कास्कीमा प्रभातफेरी

कृपा भण्डारी
पोखरा, २५ मंसिर/आज १० डिसेम्बर अर्थात ६५ औँ अन्र्तराष्ट्रिय मानवअधिकार दिवस पोखरा लागयत देशभर विविध कार्याक्रम गरि यो दिवस मनाईदैछ । यसैविच कास्कीमा पनि मानवहितका लागि सक्रिय रहेका विभिन्न संघसस्थाले प्रभातफेरी कार्यक्रम गरि अन्र्तराष्ट्रिय मानवअधिकार दिवस मनाएका छन् ।HR day photoशान्तिका लागि नागरिक समाज सन्जाल कास्की , पत्रकार महासंघ कास्की , ईन्सेक पश्चिमान्चल, अपाङग महासंघ कास्की, गैसस कास्की र महिला मानवअधिकार रक्षक सन्जाल कास्कीको संयुतm आयोजनामा प्रभातफेरी ¥याली निकालिएको थियो । पोखराको चिप्लेढुङगाबाट सुरु भएको सो ¥याली महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुँदै सभागृहचोकमा पुगि सभामा परिणत भएको थियो ।

सभामा बोल्दै शान्तिका लागि नागरिक समाज सन्जालका अध्यक्ष तिलक आचार्यले मानवअधिकार रक्षाका लागि सवै एकजुट हुनुपर्ने विचार राख्नुभएको थियो । कार्यक्रममा बरिष्ठ मानवअधिकार कर्मी टेकनाथ बराल, राष्ट्रिय मानवअधिकार आयोग पश्चिमान्चलका प्रमुख यज्ञप्रसाद अधिकारी , पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रिविनोद प्रतिक, गैससमहासंघ का कास्की अध्यक्ष कृष्णप्रसाद बराल, महिला मानवअधिकार रक्षक सन्जालका अध्यक्ष् सरलाकुमारी पाण्डे, ईन्सेक पश्चिमान्चलका संयोजक शिव खकुरेल लगायतले मानवअधिकार संरक्षणका लागि अपनाईनुपर्ने सचेतनाका बारेमा बोलेका थिए ।

कमेन्टहरु
Loading...