नेपालमा निको हुने कोरोना संक्रमितको दर घट्यो

पोखरा । नेपालमा थप १ हजार ३ सय ८० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १ हजार ३ सय ८० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ ।

पछिल्लो अवधिमा पोजेटिभ रिर्पोट आएका संक्रमितमध्ये ५ सय ४६ जना महिला तथा ८ सय ३४ जना पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार हाल नेपालमा १८ हजार ८३ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ९ हजार ३ सय ६८ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

यो अवधिमा नेपालमा थप ५ सय १५ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ११ हजार ८ सय ८६ जना पुगेको छ ।

यस्तै यो अवधिमा नेपालमा थप १९ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ४ सय ५४ पुगेको छ ।

कमेन्टहरु
Loading...