डिजिटल इकोनोमी कन्क्लेभ शनिबार

काठमाडौं । नेपालमा डिजिटल प्रविधिको उच्चतम प्रयोग, विकास र नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले शनिबार ‘डिजिटल इकोनोमी कन्क्लेभ २०२०’ आयोजना गरिने भएको छ ।

ब्राण्डवर्थ प्रालिले आयोजना गर्न लागेको कन्क्लेभमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल दूरसञ्चार प्राधिकरणलगायतको सहकार्य छ ।

विभिन्न आठ वटा सत्र रहने उक्त कन्क्लेभमा कहिले हुन्छ डिजिटल नेपाल, डिजिटल बैंकिङ डिजिटल रेमिट्यान्स र डिजिटल मार्केट प्लेसलगायतका विषय समावेश छन् ।

कार्यक्रममा अर्थतन्त्रको डिजीटाइजेसनको सम्भावना, यसको आगामी बाटो, आवश्यक सकारात्मक नीतिगत हस्तक्षेप तथा त्यसले सिर्जना गर्ने अवसरका बारेमा सरोकारवालासँग सघन छलफल हुने आयोजक संस्था ब्राण्डवर्थका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले जानकारी दिए ।

“कोरोना महामारीले एकातर्फ चुनौती थपेको छ तर यो समयलाई अर्काेतर्फबाट अवसरको रुपमा लिएर डिजिटल प्रविधिको प्रयोगलाई बढावा दिनुपर्छ”, गजुरेलले भने ।

सुलभ इन्टरनेटको उपलब्धताले नेपालको अर्थतन्त्रलाई डिजीटाइजेसनमा लैजाने अवसर प्रदान गरेको छ ।

नेपाली इ–कमर्श इकोसिस्टमका सबै सरोकारवालाहरुको सहभागिता रहने यस कन्क्लेभले नेपालमा डिजिटल इकोनोमीका बारेमा नयाँ बहस शुरु गर्ने विश्वास आयोजकको छ ।

कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

कमेन्टहरु
Loading...