नेपालमा १ हजार ७ सय ३ जना कोरोना संक्रमित थपिँदा थप २३ जनाको निधन

पोखरा । नेपालमा थप १ हजार ७ सय ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा थप १ हजार ७ सय ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये ६ सय ९६ जना महिला तथा १ हजार ७ जना पुरुष रहेका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा हाल १८ हजार ४ सय ७३ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १० हजार ४ सय ६० जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा १ हजार २ सय ३६ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख १० हजार ६ सय ७१ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टाका अवधिमा थप २३ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । यससंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ४ सय ३५ पुगेको छ ।

नेपालमा हाल १० हजार ९ सय ४४ जना संक्रमित होम आइसोलेसनमा नै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार नेपालमा ३ सय ५४ जना संक्रमितको आइसियु तथा ५४ जनाको भेनिटलेटरमा राखेर उपचार भइरहेको छ ।

हाल नेपालका ४ वटा जिल्लामा सबैभन्दा बढी अर्थात् ५ सयभन्दा बढी सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । ती जिल्लाहरु कास्की सहित काठमाडौं, भक्तपुर तथा ललितपुर हुन् ।

यस्तै मनाङ तथा डोल्पा नेपालमा कोरोना भाइरस संक्रमितको संख्या सुन्य भएका जिल्ला हुन् ।

कमेन्टहरु
Loading...