काठमाडौं । नेपाल प्रहरीको कन्द्रीय अनुसन्धान ब्युरोले आज दिउँसो नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई पक्राउ गरेको छ । ३ करोड ७१ लाख रुपैयाँ ठगी गरेको भन्दै उनीविरुद्ध कलेजले प्रहरीकोमा उजुरी दिएपछि उनी आज पक्राउ परेका हुन् ।
न्यौपाने उक्त कलेजमा २०५६ असार १८ गतेबाट २०५७ मंसिर ७ गतेसम्म पहिलो कार्यकालमा कार्यरत थिए । त्यस्तै दोस्रो कार्यकाल उनी उक्त क्याम्पसमा २०७० मंसिरदेखि २०७५ असोज १५ गतेसम्म अध्यक्षका रुपमा रहेका थिए ।