पोखरा । नेपालमा थप १ हजार ९ सय ४८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा थप १ हजार ९ सय ४८ लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको छ ।
हाल नेपालमा सक्रिय कोरोना भाइरस संक्रमितको कुल संख्या १६ हजार ६ सय ३९ रहेको छ । २४ घण्टामा थपिएको संक्रमितहरुमध्ये ७ सय ७४ जना महिला तथा १ हजार १ सय ७४ जना पुरुष हुन् ।
पछिल्लो २४ घण्टामा ९ हजार २ सय १० जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । यस्तै यो अवधिमा नेपालमा ३ हजार १ सय ४० जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७ हजार ९ सय ९८ पुगेको छ ।
यो अवधिमा नेपालमा थप २८ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ३ सय ८९ पुगेको छ ।
हाल नेपालमा १० हजार १ सय ८४ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ३ सय ४५ जनाको आइसियु तथा ६३ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालमा कास्की सहित काठमाडौं तथा ललितपुर ५ सयभन्दा बढी सक्रिय कोरोना भाइरस संक्रमित रहेका जिल्ला हुन् ।
त्यस्तै मनाङ सहित डोल्पा तथा मुगु कोरोना संक्रमित सुन्य भएका जिल्ला रहेका छन् ।