धर्म रक्षा र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै आज पोखरामा बृहत र्‍याली हुने

राजु गिरी 
पोखरा । धर्म रक्षा, राष्ट्र रक्षा, हिन्दु राष्ट्र पुनस्र्थापनालगाएतको माग गर्दै पोखरामा आज कोण सभा गरि बृहत र्‍याली हुने भएको छ ।

नेपाली जनता जागौ, राजा ल्याऔं देश र धर्मको रक्षा गरौं भन्ने नाराका साथ पश्चिमाञ्चलबासी नेपाली जनताको आयोजनामा दिउसो १ बजे अमरसिंहचोकमा आमसभा गरि पोखरा परिक्रमा गरेर मानव अधिकार चोकमा कोणसभा हुने जानकारी दिईएको हो ।

‘स्वाभिमानी नेपाली नागरिकलाई ऋणको दलदलमा फसाएर असान्ति र विखण्डनको विष अक्रान्त छ । भ्रष्टाचार विकृती, विसंगतिको मलजलले ढाडिएकाहरु अन्याय, अत्याचार, दमनमा छरपस्ट उत्रिएका घटनाक्रमले पुष्टि भईसकेको र नेपाली ईतिहासलाई अन्त्य गर्न साम्राज्यवादी शक्तिका सामु घुडा टेकाएर समाप्त पार्ने सडयन्त्रका तानावाना बुनिएको छ । तसर्थ स्वाधिनता र आत्म सम्मान ध्वस्त पार्ने गतिविधिका विरुद्ध नेपाली जनता सडमा उत्रिदैछन् ।’ –जारी विज्ञप्तीमा भनिएको छ ।

कमेन्टहरु
Loading...