पोखरा । नेपालमा थप १ हजार ७ सय ९० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उलपब्ध गराएको पछिल्लो तथ्यांक अनुसार नेपालमा थप १ हजार ७ सय ९० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना पोजेटिभ देखिएकामध्ये ७ सय २१ जना महिला तथा १ हजार ६९ जना पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार हाल नेपालमा १७ हजार ८ सय ५९ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा १० हजार ८ सय ४३ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा थप २ हजार ७ सय ९१ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या २ लाख ४८ हजार ५८ पुगेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप २४ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । यससंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ३ सय ६१ पुगेको छ ।
हाल नेपालमा ६ हजार ५ सय १८ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ३ सय ९३ जनाको आइसियु तथा ५७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
कास्की सहित नेपालमा काठमाडौं, भक्तपुर, ललितपुर तथा रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । त्यस्तै मनाङ तथा मुगु सुन्य संक्रमित भएका जिल्ला हुन् ।