पाण्डेको भेलामा किन गएनन् तुलबहादुर गुरुङ ?

पोखरा । पार्टी विवाद चरम उत्कर्षका बेला स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे सहभागी भेलामा नेकपाका वरिष्ठ नेता माधव नेपाल निकट मानिने १ नेता सहभागि नभएपछि खैलाबैला मच्चिएको छ । अत्यन्त गोप्य रुपले लेकसाइडस्थित होटल माउण्ट कैलाशमा आयोजित भेलामा पूर्व मन्त्री तुल बहादुर गुरुङ सहभागी नबनेपछि माधव नेपाल समूहभित्रै चर्चाको विषय बनेको हो ।

आफ्नै समूहको भेला आयोजना गर्दा समेत आपसी सल्लाह नभएका कारण गुरुङ सहभागी नभएको उनी निकट स्रोतको भनाई छ । त्यस्तै अहिलेको परिस्थीतिमा भेला आयोजना गर्दा आवश्यक तयारी समेत हुन नपाउँदा भेला सोचेजस्तो प्रभावकारी नभएको पनि स्रोतको ठम्याई छ । तर नेता चुडामणी जंगली र गुरुङको आपसी सम्बन्ध राम्रो नभएकाले भेलामा सहभागी नभएको अनुमान भइरहेको छ ।

यद्यपी गुरुङले भने भेलामा आफ्नो अनुपस्थितिबारे व्यक्तिगत कारण देखाए । ‘७ गतेलाई मेरो अर्कै व्यक्तिगत काम तय भएको थियो । त्यसैले जान पाइन, तर सुरेन्द्र कमरेडसंग फोनमा कुराकानी चाहिँ भएको हो ।’

चितवनको राप्ती नगरपालिकामा आयोजित कार्यक्रममा प्रमुख अतिथि भएका पाण्डेलाई त्यहाँ उपस्थित नेकपाकै कार्यकर्ताले दुव्र्यवहार गरेका थिए । त्यसको लगत्तै उनी पोखरा आएर भेलालाई सम्बोधन समेत गरे । अत्यन्त सुरक्षाका बीच आयोजना भएको भेलामा पाण्डेले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्माकै कारण पार्टी फुट्ने अभिव्यक्ति दिएका थिए ।

कास्की, माधव नेपालकोको पक्षमा अति कमजोर मानिएको जिल्ला हो । प्रभाव कम भएको जिल्लामा स्थायी समिति सदस्य पाण्डेको आतिथ्यतामा भेला आयोजना हुनुलाई भने अर्थपूर्ण रुपमा हेरीएको छ ।

कमेन्टहरु
Loading...