नेकपा प्रवक्ता श्रेष्ठमाथि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाको प्रहारः

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि कटाक्ष गरेका छन् । पार्टीका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई चितवनमा भएको दुव्र्यवहारका विषयमा प्रवक्ता श्रेष्ठले निन्दा गरेका थिए । प्रवक्ता श्रेष्ठको सोही निन्दाप्रति प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले कटाक्ष गरेका हुन् ।

‘बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले चढेको गाडीमाथि ढुंगा प्रहार गरिँदा निदाउनुभएको थियो क्यारे ! चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुव्र्यवहार देख्नुभएछ । गज्जब छ गुटगत अन्तदृष्टि र छनोटपूर्ण वक्तव्यबाजी ! दुवै स्थायी कमिटी सदस्य तब न नारायणकाजी !’ उनले ट्वीटरमा लेखेका छन् ।

हिजो नै चितवनमा भएको एक कार्यक्रममा पाण्डेमाथि आफ्नै पार्टीका कार्यकर्ताले दुव्र्यवहार गरेपछि पार्टी प्रवक्ता श्रेष्ठले यो घटना सुनियोजित तरिकाले गरिएको बताएका थिए । उनले ट्वीटरमा लेखेका थिए, ‘आज चितवन जिल्लाको राप्ती नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं सांसद क.सुरेन्द्र पाण्डे माथि भएको सुनियोजित दुव्र्यवहारको घटना अति निन्दनीय एवं भत्र्सनायोग्य छ । यसप्रकारको ब्यबहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन, कसैको पनि हित गर्दैन । चेत होस् ।’

कमेन्टहरु
Loading...