झुलाघाट नाका ५ दिनका लागि खुल्ने

काठमाडौं । बैतडीको झुलाघाट नाकामा आवतजावतका लागि भोलि मंसिर ८ गतेबाट १२ गतेसम्मका लागि खुला गरिने भएको छ । कोरोना भाइरसको महामारीका कारण बन्द हरेको झुलाघाट नाका भारतीय पेन्सनरहरुका लागि ५ दिनका लागि खुला गरिएको हो । आवश्यक कागजातहरु सहित भारतीय पेन्सनरहरुले झलाघाटमा रहेको एसबिआई बैंकमा सम्पर्क गर्नुपर्ने छ । झुलाघाट नाका ५ दिनका लागि खुला हुँदा भारतीय पेन्सनरसंगै अति आवश्यक काम परेकाहरुले समेत नाका प्रयोग गर्न पाउने छन् ।

कमेन्टहरु
Loading...