पोखरा । नेपालमा थप १ हजार ६ सय ७४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा थप १ हजार ६ सय ७४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा पिसिआर परीक्षण गर्दा कोरोना रिर्पोट पोजेटिभ आएकामध्ये ६ सय ६१ जना महिला तथा १ हजार १३ जना पुरुष रहेका छन् । हाल नेपालमा मन्त्रालयले उलपब्ध गराएको तथ्यांक अनुसार २४ हजार ९ जना सक्रिय कोरोना संक्रमित छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ८ हजार १ सय ४४ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
नेपालमा यो अवधिमा थप २ हजार ३ सय २३ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ९३ हजार ३ सय २५ पुगेको छ ।
यो पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ७ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । यससंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ३ सय ५ पुगेको छ ।
हाल नेपालमा १७ हजार २ सय ६ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ३ सय ३६ जनाको आइसियु तथा ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा मनाङ तथा मुगु जिल्ला सक्रिय संक्रमितहरुको संख्या सुन्य भएका जिल्ला हुन् ।
त्यस्तै कास्की सहित झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, दाङ, रुपन्देही तथा कैलाली ५ सयभन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्ला हुन् ।