गन्थन डेस्क
नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटीका नेता सुरेन्द्र पाण्डेविरुद्ध चितवनमा नाराबाजी गर्दै उनलाई कार्यक्रमस्थलबाट बाहिर निकालिएको छ ।
शनिबार चितवनको राप्ती नगरपालिकामा नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे प्रमुख अतिथिको रुपमा आमन्त्रित कार्यक्रममा गुटको राजनीति गरेको भन्दै होहल्ला र नाराबाजी भएको छ ।
कार्यक्रममा नेता पाण्डेले आफ्नै पार्टी र प्रधानमन्त्रीविरुद्ध जथाभावी टिप्पणी गरेको भन्दै उनलाई सहभागीले विरोध गरेका हुन् । उनलाई साविक युवा संघका नेताहरु केदार आचार्य, तार्केश्वरनाथ सिंह र अनेरास्ववियुका सुरज थपलिया र प्रकाश कालाखेतीलगायतले लखेटेका हुन् ।
कार्यक्रममा राजनेता केपी ओली जिन्दावाद, पार्टी फुटाउन पाइदैनजस्ता नारा लगाइएको थियो ।
मदन भण्डारी फाउण्डेसनको गतिविधिलाई हाल स्थगित गर्ने भन्ने विषयमा बोलेको भन्दै उनको विरोध भएको हो । होहल्ला र नाराबाजीबीच उनलाई लखेट्न प्रयास भएपपछि प्रहरीले सुरक्षा दिएर उनलाई बाहिर निकालिएको बताइएको छ ।
हेर्नुहोस् भिडियो