जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अरु क्षेत्रको मौसम शनिबार सामान्यतया सफा रहने छ ।
अहिले नेपालमा स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा आंशिक बदली भएको हो ।
हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। अन्य भू–भागमा मौसम सामान्यता सफा रहेको महाशाखाले जनाएको छ ।
शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ ।
प्रदेश १, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना छ ।