प्रदेश १ मा ५६० सङ्क्रमित घर फिर्ता

काठमाडौं । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा विभिन्न अस्पताल र होम आइसोलेशनबाट ५६० कोरोना सङ्क्रमित निको भई घर फर्केका छन् । निको हुनेको सङ्ख्या अहिलेसम्म १९ हजार ७८७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै प्रदेशमा सोही अवधिमा गरिएको ८३३ जनाको पिसिआर परीक्षणमा ९९ महिलासहित २१८ सङ्क्रमित थपिएका छन् ।

सङ्क्रमितमा मोरङमा ८६ मध्ये विराटनगरमा ६८, सुनसरीमा ५४, झापामा ४४, पाँचथरमा ११, सङ्खुवासभामा चार, इलाममा तीन, उदयपुरमा दुई, धनकुटा र भोजपुरमा एक/एक र प्रदेश बाहिरका १२ जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म सङ्क्रमितको सङख्या २४ हजार ७३४ पुगेको छ ।

प्रदेशमा अहिलेसम्म एक लाख ८१ हजार ३६३ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

कमेन्टहरु
Loading...