पोखरा । नेपालमा थप २ हजार १ सय ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालमा थप २ हजार १ सय ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख १५ हजार २० पुगेको छ । हाल नेपालमा २८ हजार १ सय ६ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।
मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा ९ हजार ८ सय ५ जनाको पिसिआर परीक्षण गरिएको छ । त्यस्तै यो अवधिमा नेपालमा थप २ हजार ८ सय ५८ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।
यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ८५ हजार ६ सय ३८ पुगेको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १७ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । यससंगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार २ सय ७६ पुगेको छ ।