काडमाडौं । १० दिनपछि फेरी बस्ने सहमति सहित सत्तारुढ नेपाल कम्युस्टि पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा संसिर १३ गते फेरी बैठक बस्ने सहमति सहित सचिवालय बैठक स्थगित भएको हो ।
मंसिर १३ गते बस्ने बैठकमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले छुट्टै प्रस्ताव ल्याउने बताइएको छ । आज बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिन आफूलाई केही समय लाग्ने बताएका थिए ।