प्रचण्डले डाकेको बैठकमा ओलीको एजेण्डा

पोखरा/नेकपा सचिवालयको बैठकको बिषयलाई लिएर सामाजिक संजालदेखि बिभिन्न संचार माध्यमहरुमा नेकपा फुटको भविष्यबाणीसम्म भएको थियो । कार्यकारी अध्यक्षको हैसियतमा प्रचण्डले बोलाएको बैठकको समय जुध्नेगरि प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले मन्त्री परिषदको बैठक पनि बोलाएका थिए ।
हिजो रातभर राष्ट्रिय तथा अन्तराष्ट्रीय स्तरमा भएको भेटघाटका कारण नेकपाको स्थायी समिति बैठकमा केपि ओलीले पनि सहभागिता जनाएका थिए । करिब एक घण्टा चलेको बैठकमा प्रचण्डको प्रतिबेदनमाथी भन्दा पनि अन्य बिषयमा छलफल भएको थियो । प्रचण्डको प्रतिबेदनलाई आरोपपत्र करार गर्दै आएका ओलीले छुट्टै प्रस्ताब पेश गर्ने गरि सचिवालयको बैठक सम्पन्न भएको थियो । नेकपाका अध्यक्ष तथा नेपाल सरकारका प्रधानमन्त्री ओलीको हुर्मत लिन बोलाईएको बैठकमा ओली झन अफेन्सिप बनेर नयाँ प्रस्ताबको निर्णय गराएर मुस्कुराउदै बैठक कक्षबाट बाहिरिएका थिए ।
सचिवालय बैठकलाई लिएर गरिएका थुप्रै अनुमानहरुलाई केपि ओलीले फेरी एकपटक गलत साबित गरिएका छन् ।

कमेन्टहरु
Loading...