कोरोनाबाट ललितपुरमा १ जना महिलाको निधन

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट ललितपुरमा १ जनाको ज्यान गएको छ । किस्ट अस्पतालमा उपचारका क्रममा बुधबार बिहान २ बजेको समयमा ललितपुरको महालक्ष्मीस्थानकी ७० वर्षीय १ जना महिलाको कोरोना संक्रमणबाट ज्यान गएको हो ।

उनी कार्तिक २७ गते अस्पताल भर्ना भएकी थिइन् । श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि अस्पताल भर्ना गरिएकोमा उनको स्वाब संकलन गरेर पिसिआर परीक्षण गरिएको थियो । स्वाब परीक्षण पश्चात अस्पताल भर्ना भएकै दिनमा उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । दमको पुरानो रोगबाट ग्रसित उनलाई कोरोना संक्रमण पुष्टि भएपछि कोभिड आइसियुमा राखेर उपचार भइरहेको थियो ।

कमेन्टहरु
Loading...