कोरोना संक्रमणबाट बाँकेमा २ जनाको निधन

बाँके । बाँकेमा कोरोना भाइरस संक्रमणबाट २ जनाको ज्यान गएको छ । कञ्चनपुर तथा कैलालीका १/१ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ का १ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । उनको नेपालगञ्ज मेडिकल कलेजमा आज बिहान साढे ८ बजे ज्यान गएको हो । अस्पताल स्रोतका अनुसार कार्तिक २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको उनी विभिन्न किसिमका दीर्घ रोगबाट ग्रसित थिए ।

यस्तै कैलालीका ६५ वर्षीय पुरुषको पनि सोही अस्पतालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । क्षयरोग तथा मधुमेहबाट ग्रसित उनलाई कार्तिक २२ गते संक्रमण पुष्टि भएको थियो ।

उनको शनिबार राति साढे १० बजे ज्यान गएको अस्पतालले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...