डोटी । जिल्लाको आदर्श गाउँपालिका–१ का अन्दाजी ४० वर्षीय चक्र साउदको आफैंले पालेको राँगाले हान्दा ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शनिबार राँगोले हान्दा गम्भीर घाइते भएका साउदको उपचारका क्रममा गए राति शैलेश्वरी अस्पताल दिपायल पिपल्लामा ज्यान गएको हो ।
मृतक साउदको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल डोटीमा लगिएको प्रहरीले जनाएको छ । राँगाले हान्दा उनको टाउको र छातीमा गम्भीर चोट लागेको थियो । रासस