पोखरा, मंसिर २२/टोल विकास वडा समन्वय समिति पोखरा–६ बैदामको दोश्रो अधिवेशन शुक्रवार सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले गिरीराज अधिकारीको अध्यतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गणेशबहादुर ढकाल, रामेश्वर न्यौपाने र सीता पहारी, सचिवमा शंकर तिवारी, सह सचिवमा सुसिला वाग्ले, कोषाध्यक्षमा मोतीराम कोइराला, सह कोषाध्यक्षमा बुद्धिनाथ पाण्डे चयन भएका छन् । समितिको सदस्यहरुमा मधु सुवेदी, विनबहादुर थापा, नानीमाया लामिछाने, डिलबहादुर ढकाल, सूर्यनाथ अधिकारी, नानीमाया सिग्देल, धर्मबहादुर सुनार, प्रेमराज पहारी, केशवराज सुवेदी, लालप्रसाद पराजुली, तारानाथ लम्साल, टेकबहादुर भण्डारी, मोतीप्रसाद ढुङ्गाना, टिकाराम परियार, भिमसेन भुजेल, बुद्धिबहादुर नेपाली र कमलमोहन कोइराला चयन भएका छन् । अधिवेशनको पोखरा उपमहानगरपालिकाका शहरी गरिबी न्यूनिकरण तथा सामाजिक परिचालन शाखा प्रमुख दुर्गा न्यौपानेले उद्घाटन गरेका थिए ।
समितिका अध्यक्ष गिरीराज अधिकारीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा विशेष अतिथि टोलविकास समन्वय समितिका अध्यक्ष उज्वल खत्रि निर्वाचन समितिका संयोजक तथा पोउमनपा समुदाय परिचालक यशोदा तिमिल्सीना, नेपाली काँग्रेस वडा नम्वर ६ का सभापति दिपकविर कुँवर नेकपा एमाले वडा नम्वर ६ का प्रतिधिनी बासुदेव बराल, महिलाको तर्फबाट अन्नपूर्ण आमा समुहका अध्यक्ष अन्नपूर्ण कुँवर, जगतबहादुर कुँवर, वडा नं ६ का वडा सचिव राजुबहादुर कोइराला लगाएतले बोलेका थिए ।
२०८२ कार्तिक १३ गते बुधबार
बैदाम वडा समन्वय समितिमा पुन ः ढकाल
कमेन्टहरु