सीमा नाका गड्डाचौकी हुँदै भारत जान लागेका नेपालीलाई फिर्ता पठाइयो

काठमाडौं । पश्चिमी नाका गड्डाचौकी हुँदै भारत जाने नेपालीहरुलाई शनिबार भारतीय सीमा सुरक्षा बलका जवानहरुले नाकाबाट नै फिर्ता पठाएको छ । यस अगाडिको समयमा आधारका कार्डको आधारमा भारत जाने नेपालीहरुलाई नेपाली यात्रुहरुलाई फिर्ता पठाइएको हो ।

कुनै जानकारी बिना नै सीमा नाका बन्द गरेर मजदुरीका लागि भारत गएकाहरुलाई भारतीय सीमा सुरक्षा बलले फिर्ता गरेपछि नेपालीहरु फर्कन बाध्य बनेका छन् ।

स्रोतका अनुसार मेडिकल तथा अध्यागमनका कर्मचारीको टोली नआउँदा नेपालीहरुलाई प्रवेशमा रोक लगाइएको हो ।

नेपालीहरु पेन्सन बुझ्न, स्वास्थ्य उपचार तथा दैनिक मजदुरीका लागि भारत जान्छन् । स्रोतका अनुसार भारतीय सुरक्षा बलले रोकेपछि फर्किने नेपालीहरु दैनिक रुपमा करिब ३० देखि ४० जना रहेका छन् ।

कमेन्टहरु
Loading...