झापा । झापाको अर्जुनधारा गाविसका पूर्वअध्यक्ष एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कुन्दन भट्टराईको कोरोना संक्रमणका कारण शुक्रबार साँझ निधन भएको छ ।
काठमाडौंको मेडिसिटी हस्पिटलमा उपचारकै क्रममा उनको निधन भएको संविधानसभा सदस्य मनकुमार गौतमले बताएका छन् ।
फोक्सोको क्यान्सर रोगको उपचार गराइरहेका नेता भट्टराईलाई केही दिनअघि कोरोना पोजिटिभ र स्वास्थ्य अवस्था गम्भीर बनेपछि झापाको पूर्वाञ्चल क्यान्सर हस्पिटलबाट एयर एम्बुलेन्समार्फत मेडिसिटी लगिएको थियो । अर्जुनधारा नगरपालिका–५ घर भएका मृदुभाषी, जुझारु र बौद्धिक राजनीतिज्ञ भट्टराईकी पत्नी विष्णु भट्टराई, १ छोरा र १ छोरी रहेका छन् । रासस