कोरोना संक्रमण भएर उपचार गराइरहेको डा.केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहार्ने

काठमाडौं । डा.गोविन्द केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने भएको छ । कोरोना भाइरस संक्रमण पश्चात उपचार गराइरहेको डा.केसीको उपचारको सबै खर्च सरकारले बेहोर्ने प्रधानमन्त्री केपी शर्मा ओली बताएका हुन् ।

प्रधानमन्त्री ओलीले डा.केसीको स्वास्थ्यलाभको कामना गर्दै उनको उपचारको खर्च सरकारले बेहार्ने सामाजिक सञ्जाल ट्वीटरमार्फत्् जानकारी दिएका हुन् । डा केसीलाई हिजो शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

उनको हाल महाराजगञ्जस्थित टिचिङ अस्पतालमा चलिरहेको छ ।

कमेन्टहरु
Loading...