काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुले राम बहादुर थापा बादललाई हटाउने बारे कहिल्यै नवोलेको बताएका छन् ।
केही समय अगाडी प्रचण्डले थापालाई गृहमन्त्रीबाट हटाउन ओलीलाई दवाव दिएको समाचारहरु आएका थिए ।
गृहमन्त्रीबाट हटाउन दवाव नदिएको बरु उनलाई उपप्रधानमन्त्री बनाउन भनेको प्रचण्डको दावी छ ।
‘म तपाईंलाई गम्भीरतापूर्वक चुनौती दिन चाहन्छु, मैले कहाँ र कहिले मन्त्रिमण्डलको पुनर्गठनको सन्दर्भमा कमरेड ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाको निरन्तरतामा असहमति जनाएँ ?’,शुक्रवार केपी शर्मा ओलीलाई लेखेको पत्रमा प्रचण्डले भनेका छन् ।
पत्रमा उनले अति गर्नु, अत्याचार नगर्नु भन्दै “इनफ इज इनफ” भनेका छन् ।