पोखरा,२१ मसिंर/लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुले फोटो प्रदर्शनी गर्ने भएका छन् । आमसञ्चार तथा पत्रकारिता अध्ययन गर्दै आएका विद्यार्थीहरुले ‘पोखराका सडक बालबालिकाको दिनचर्या र अस्तव्यस्त फोहोरमैला’ सँग सम्बन्धित खिचिएका फोटोहरुको प्रदर्शनी यही मसिंर २४ गते अर्थात सोमबार विहान ८ बजे फोटो प्रदर्शनी हुने भएको छ ।
गैहपाटनमा रहेको लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरकै प्राङगणमा फोटो प्रदर्शनी हुनेछ । करिव ५० वटा पोखरासँगै सम्बन्धित फोटोहरु प्रर्दशनीमा राखिनेछ ।उक्त फोटोहरु लेकसिटी कलेजका स्नातक तहका विद्यार्थी र पश्चिमाञ्चल उच्च माविमा अध्ययनरत विद्यार्थीहरुको फोटो समावेश गरिएकोे शुक्रबार पत्रकार सम्मेलन गरेर फोटो प्रदर्शनी कार्यक्रम संयोजक एवं तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी अर्जुन गिरीले बताए ।
एकातिर पोखरामा सडक बालबालिकाहरु भोग्नुपरेका समस्या र उनीहरुको दिनचर्याको साथै अर्काे तर्फ अस्तव्यस्त फोहोरमैलाले पोखराकै सुन्दरतामा नै कुरुप बन्दै आएको परिवेशमा समेट्एिका फोटोहरु नै फोटो प्रदर्शनीको मुख्य आकर्षणको रुपमा रहेको छ । साथै प्रर्दशनीले जनचेतना फैलाउन महत्वपूण आमसञ्चार तथा पत्रकारिताको अध्ययन गर्ने विद्यार्थीहरुले पोखराको जल्दोबल्दो समस्यालाई पोखराका सरोकारवाला निकाय सँग पु¥याउनको लागी फोटो प्रदर्शनीले महत्वपूर्ण भुमिका खेल्ने लेकसिटी कलेजमा तेस्रो बर्षमा अध्ययनरत विद्यार्थी हिमाल लम्सालले जानकारी दिए ।
पत्रकार सम्मेलनमा पश्चिमाञ्चल फाउण्डेशन प्रा.लीका अध्यक्ष डा. विश्वकल्याण पराजुलीले आमसञ्चार तथा पत्रकारितामा केबल सैद्धान्तिक ज्ञानले मात्रै पुग्दैन त्यसैले विद्यार्थीहरुले आफ्नो सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उर्तान फोटो प्रदर्शनी गर्न लागेको बताए । अध्यक्ष पराजुलीले कलेजले विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा हासिल गराउन विभिन्न तालिम तथा प्रशिक्षण दिदै आएको सोही अवसरमा जानकारी दिए ।
फोटो प्रदर्शनी पश्चिमाञ्चल फाउण्डेशनको विशेष सहयोगमा सञ्चालन भएको हो । कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष एवं कलेजका प्राध्यापक बद्रीविनोद प्रतिकले विद्यार्थीहरुकै पहलमा फोटो प्रदर्शनी गर्नु सच्ँिचकै प्रशंसनीय कार्य रहेको बताउँदै आगमी दिनहरुमा पनि रचनात्मक कार्य गर्दै अगाडी बढ्न सुझाव दिएका थिए । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरका सहायक क्याम्पस प्रमुख देवबहादुर क्षेत्रीले फोटो प्रदर्शनीले पोखरामा रहेका सडक बालबालिका र फोहोरमैला सम्बन्धित जनचेतना फैलाउन सहयोग पु¥याउने धारणा व्यक्त गरेका थिए ।