नेपालमा २४ घण्टाको अवधिमा २७ सय ३६ जना कोरोना संक्रमित थपिँदा ८ सय ५३ जना मात्रै निको भए

पोखरा । नेपालमा थप २ हजार ७ सय ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार नेपालमा थप २ हजार ७ सय ३६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ ।

हाल नेपालमा ३८ हजार ३५ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा १२ हजार ९ सय ६० जनाको पिसिआर परीक्षण गरिएको थियो ।

यो अवधिमा नेपालमा ८ सय ५३ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ६० हजार ५ सय ७७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप २२ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार १ सय ४८ पुगेको छ ।

कमेन्टहरु
Loading...