विराटनगर । मोरङमा कोरोना भाइरस संक्रमणबाट ६ दिनको अन्तरमा दाजुभाइले नै ज्यान गुमाएका छन् । जिल्लाको केराबारी गाउँपालिका वडा नम्बर ३ का उनीहरुले कोरोना संक्रमणबाट ६ दिनको अन्तरमा ज्यान गुमाएका हुन् ।
कोरोनाबाट ज्यान गुमाउनेमा केराबारी गाउँपालिका ३ का ५९ र ५७ वर्षीय पुरुष रहेका छन् । ५९ वर्षीय पुरुषको आइतबार तथा ५७ वर्षीय पुरुषको कार्तिक १८ गते कोरोना संक्रमणबाट ज्यान गएको हो ।
दाजुभाइको नै ६ दिनको अन्तरमा कोरोनाबाट ज्यान गएपछि परिवार शोकमा डुबेको छ ।
५९ वर्षीय पुरुषलाई कार्तिक ७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । दसैंको टीकाको दिन यता अस्पताल भर्ना भएका उनको विराट मेडिकल कलेजमा ज्यान गएको हो । सुरुमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको भएपनि अस्पतालमा बेड खाली नभएपछि विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
५७ वर्षीय पुरुषलाई भने कार्तिक ५ गते संक्रमण पुष्टि भएको थियो । उनको विपी प्रतिष्ठानमा नै ज्यान गुमाएका उनी शिक्षक हुन् । उनी उच्च रक्तचाप तथा मधुमेहका बिरामी थिए ।