काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार देशभरको मौसम सामान्यतया सफा रहने जनाएको छ। अहिले देशभर मौसम सामान्यतया सफा रहेको छ।
यतिबेला उल्लेखनीय मौसमी प्रणाली नरहेका कारण देशभरको मौसम सफा हुने देखिएको मौसमविदले बताएका छन्। सोमबार दिउँसो देशभर सामान्यतय सफा रहेता पनि अपरान्ह पछि पहाडी भू–भागमा आंशिक बदली रहनेछ।
यस्तै राति देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले जनाएका छन्।