काठमाडौं । पत्रकार ऋषि धमलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी अहिले काठमाडौंमा रहेको आफ्नै घरमा होम आइसोलेसनमा बसेका छन् । कन्ट्याक्ट ट्रेसिङमा परेपछि आइतबार उनले पिसिआर परीक्षण गराउँदा उनको कोरोना रिर्पोट पोजेटिभ आएको हो । उनले आफूलाई कोरोना भाइरस संक्रमण पुष्टि भए पनि स्वास्थ्यमा केही समस्या नदेखिएको बताएका छन् ।
२०८२ आश्विन २१ गते मंगलवार